• Tuesday 6th of October 2026

आठ रन बनाउँदै आउट भए सोमपाल कामी


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गर्दैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सोमपाल १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भए ।

उनलाई हङ्कङका बलर इजाज खानले बाबर हायातद्वारा क्याच गराएका हुन् । सोमपाल आउट हुँदा नेपालले ४.१ ओभरमा २६ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖