• Tuesday 6th of October 2026

कुशल र दीपेन्द्रले सम्हाले नेपालको पारी


  • धनकुटा खबर
  • .

काठमाडौं । हङकङविरुद्ध खराब सुरूवात गरेको नेपालको पारी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले सम्हालेका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर कुशल र दीपेन्द्रले राम्रो साझेदारी गरे । १६ ओभरको खेल सकिँदा ८१ रनको साझेदारी गरेका छन् ।

कुशल मल्ल ४७ र दीपेन्द्र सिंह ऐरी ३६ रनमा क्रिजमा छन् ।

यसअघि नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए ।

त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖