• Sunday 29th of November 2026

सहमतिमा यौन सम्बन्ध राख्ने किशोर किशोरीलाई बलात्कार मुद्दामा फरक व्यवहार गर्ने गरी कानुन संशोधनको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौन सम्बन्धलाई निश्चित सर्त पूरा भएको अवस्थामा जबरजस्ती करणी नमान्ने गरी कानुन संशोधनको तयारी गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिताको दफा २१९ संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको हो।

हाल प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको मञ्जुरीमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। तर प्रस्तावित संशोधनमा प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौन सम्बन्धलाई निश्चित सर्तका आधारमा फरक ढंगले सम्बोधन गर्ने व्यवस्था गर्न खोजिएको छ।

प्रस्तावित व्यवस्थाले किशोरकिशोरीबीचको सहमतिमा भएको सम्बन्ध र जबरजस्ती करणीका घटनालाई छुट्याएर हेर्ने कानुनी आधार तयार गर्ने उद्देश्य राखेको देखिन्छ।

यद्यपि, यो व्यवस्था हाल विधेयकको मस्यौदामा मात्र प्रस्ताव गरिएको हो। कानुन संशोधन भएर पारित तथा लागू नभएसम्म विद्यमान कानुनी व्यवस्था नै कायम रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖