• Wednesday 7th of October 2026

फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

मकवानपुर- मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ ।

कार्तिक ४ गते बेलुका हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘मृतक शिशु कसले फालेको पहिचान भएको छैन,’ मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भने, ‘मृतक शिशु हेर्दा तत्काल जन्माई सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिन्छ ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖