• Tuesday 6th of October 2026

हङकङमाथि यूएई ६ विकेटले विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

उसको सुरुआत भने खराब थियो । पावर प्लेमा २५ रन जोड्दा तीन विकेट गुमाएको हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे । बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडे ।

यूएईका निलांश केसवानीले २ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖