• Tuesday 6th of October 2026

भारतविरुद्ध मिचेलको सानदार शतक


  • धनकुटा खबर
  • .

एजेन्सी – न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४१ ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ ।

डर्याल मिचेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित १ सय रनमा क्रिजमा छन् । उनलाई हिटर ग्लेन फिलिप्सले ११ रनमा साथ दिएका छन् । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो । उनले १ सय बलमा ७ चौका र ४ छक्कासहित शतकीय इनिङ खेलेका थिए ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए ।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा उनी लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए ।

विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए । एक समय ८.१ ओभरमा १९-२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖