• Tuesday 6th of October 2026

न्युजिल्याण्डले लियो भारतको पहिलो विकेट


  • धनकुटा खबर
  • .

विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लिएको छ।

जितको लागि २७४ रन पछ्याएको आयोजक भारतले पहिलो विकेट ११ दशमलब १ ओभरमा गुमाएको छ।भारतीय कप्तान रोहित शर्मा ४६ रन बनाउँदा न्युजिल्याण्डका बलर लॉकी फ़र्ग्युसनबाट आउट भएका हुन।

भारतले कप्तान रोहितलाई गुमाउँदा ७१ रन बनाएको थियो। ताजास्थीतमा भारतले १५ ओभरमा १ विकेट गुमाएर ९१ रन बनाएको छ ।

अहिले विराट कोहली र शुभमन गिल क्रिजमा छन।कोहली ६ रन तथा गिल २६ रन बनाएर खेलिरहेका छन।

यस अघि भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा न्युजिल्याण्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा २७३ रन बनाउँदा सबै विकेट गुमायो। न्युजिल्याण्डका लागि सबै भन्दा वढि डैरिल मिचेल सबै भन्दा वढि १३० रन बनाए। त्यसैगरी रचिन रविंद्रले ७५ रन बनाए । भारतका लागि सबै भन्दा वढिमोहम्मद शमीले ५ विकेट लिए।

जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन।

न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖