• Tuesday 6th of October 2026

आशिफ शेखको यूएईविरुद्ध अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।

आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।

यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन ।

नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको नेपालको इनिङ्स आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी र कुशल मल्ललाई सस्तैमा गुमाएको थियो । नेपालको तीन विकेट जाँदा जम्मा ११ रन थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖