• Tuesday 6th of October 2026

पाकिस्तान क्रिकेट टोलीमा आन्तरिक कलह भएको दाबी, पीसीबीले के भन्यो ?


  • धनकुटा खबर
  • .

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तानी टोलीमा आन्तरिक कलह र खेलाडीहरूबिच झगडा भएको दाबीलाई अस्वीकार गरेको छ।

पीसीबीले एक विज्ञप्ति जारी गर्दै हाल आईसीसी विश्वकप २०२३ मा भाग लिइरहेको पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीबिचको आन्तरिक कलहको बारेमा भइरहेको रिपोर्टलाई अस्वीकार गरेको हो।

पीसीबीले टोली एकजुट रहेको र त्यस्ता झूटा कुराहरू प्रमाणित गर्ने कुनै प्रमाण नरहेको बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तानका केही पत्रकारहरूले टोलीमा भएको कथित झगडाको बारेमा सोशल मिडियामा पोस्ट गरेका छन्।

सोमबार अफगानिस्तानसँगको खेलपछि यसबारे थप जानकारी दिने यी पत्रकारहरुले बताएका छन् । पत्रकारहरुका अनुसार टोली भित्रका दुई खेलाडीहरु आपसमा भिड्दै थिए । त्यसपछि कप्तान बाबर आजमको खेलाडीहरुको समूहसँग झगडा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖