• Thursday 8th of October 2026

रोटेपिङ खेल्ने क्रममा लडेर गोरखामा एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा । गोरखामा रोटेपिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । गोरखापालुङटार नगरपालिका-८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी कोइरालालाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖