बङ्गलादेशले गुमायो आठौं विकेट, जितका लागि २ स गुमाएको छ। कमजोर प्रर्दशन गरिरहेको बङ्गलादेशले आफ्नो ८ औँ विकेटको रुपमा हसन महमुदलाई गुमाएको हो।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले आजको म्याच जित्ने सम्भावना हराएर गएको छ।
निर्धारित ५० ओभरमध्य २२ ओभर बाँकी हुँदा बङ्गलादेशलाई जितका लागि २११ रनको आवश्यकता छ।
हालसम्मको अवस्थामा बङ्गलादेशले ३८ ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १६६ रन बनाएको छ।
