• Thursday 8th of October 2026

युवा नेता सन्तोष यादवको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा चलिरहेको थियो ।

उनको बिहान ३ बजे निधन भएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । मधेश आन्दोलनलगायत अन्य विभिन्न राजनीतिक एवं समाजजिक आन्दोलनमा उनको योगदान थियो । उनको निधनले मधेशको राजनीतिमा आपूर्णीय क्षति भएको प्रवक्ता सुमनले बताए । उनका दुई जना सन्तान छन् ।

नेता सन्तोषको उपचार मेडिकेयरमा पनि भएको थियो । त्यसपछि केही समय नर्भिकमा पनि उपचार भएको थियो । नर्भिकमा अन्तिम समयमा भर्ना गरिएको थियो । डाक्टरले घर लैजान भनेपछि सन्तोषका आफन्तले त्यहाँबाट हिजो वीर अस्पतालमा भर्ना गराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖