• Tuesday 6th of October 2026

यूएईविरुद्ध नेपालको १०० रन पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभर १ बलमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १२ बलमा १३ रन र दीपेन्द्रसिंह ऐरीले १२ बलमा १८ रन बनाएर खेलिरहेका छन् । रोहित र दीपेन्द्रले २२ बलमा ३२ रनको साझेदारी गरेका छन् ।

यसअघि ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले २७ बलमा आक्रामक अर्धशतक प्रहार गरे । भुर्तेल ५०, आरिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भएका छन् ।

नेपालले पहिलो विकेट ४३, दोस्रो विकेट ६३ र तेस्रो विकेट ६८ रनमा गुमाएको छ ।

यूएईका लागि स्पिनर आयन खानले २ र जहुर खानले १ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖