• Tuesday 6th of October 2026

सातौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको छ ।

यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖