• Tuesday 6th of October 2026

यूएईको दशैं कपको उपाधि रोयल गोर्खालाई


  • धनकुटा खबर
  • .

काठमाडाैं। नेपालीहरुको महान पर्व बिजया दशमीको पावन अवसर पारेर यूथ स्पोर्टिङ फूटबल क्लबको आयोजनामा आयोजित ‘पिआर तेस्रो दशैं कप-२०२३’को उपाधि रोयल गोर्खा फुटबल क्लबले जितेको छ।

सन् २०१९ मा स्थापना भएको युथ स्पोर्टिङ क्लबले आयोजना गर्ने दशैं कपको यो तेस्रो संस्करण हो। यस पटकको प्रतियोगिता दुबईको ‘डल्सको स्पोर्ट्स कम्प्लेक्स’मा संचालन भएको थियो।

प्रतियोगितामा लालिगुराँस फूटबल क्लब उपविजेता बनेको छ। खेलमा अनुशासित समूहको उपाधी यूनाईटेड यूथ क्लबले हाता पारेको छ। फाइनल खेलमा रोयल गोर्खाले लालिगुराँस फूटबल क्लबलाई १-० गोलको अन्तरमा पराजित गरेको हो। प्रतियोगितामा १६ समूहको सहभागिता रहेको थियो। विजेताले ट्रफी र प्रमाणपत्र सँगै ४ हजार २ सय दिराम र उपविजेताले २ हजार ८ सय दिराम (नेपाली रुपैयाँ करिब डेढ लाख र एक लाख) पुरस्कार पाएको छ।

यसैगरी प्रतियोगितामा रोयल गोर्खाका अनिश सर्वाेत्कृष्ट खेलाडी, लालिगुराँस फूटबल क्लबका बिकास सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक रोयल गोर्खाका सुवास भएका छन्।

पिआर इन्टरटेन्मेन्टको मुख्य प्रायोजन रहने प्रतियोगिता संचालन गर्न बिक्री इन्टरटेन्मेन्ट, परदेसी हातेमालो सहकारी, टप हिमालयन वाटर, ममता एण्ड मुक्ति, क्युटलुक ब्युटी पार्लर, सयपत्री स्टार रेस्टुरेन्ट, खेलप्रेमी राजु तिमल्सिनालगायतका संस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖