• Tuesday 6th of October 2026

गुल्सन झाले लिएको यूएईको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।

फाइनल खेलमा नेपालले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

यूएईले तेस्रो विकेटका रुपमा आसिफ खानलाई सात रनको व्यक्तिग स्कोरमा गुमाएको हो । उनले ६ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई गुल्सन झाले अविनाष बोहरामार्फत क्याच गराएका हुन् । गुल्सन झाको यो दोस्रो विकेट हो । उनी आउट हुँदा यूएईले १०.५ ओभरमा ९४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖