• Tuesday 6th of October 2026

यूएईको पाँचौँ विकेट खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । फाइनल खेलमा नेपालले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।

यूएईको पाँचौँ विकेटका रुपमा वृत्य अरविन्द पेभेलियन फर्किएका हुन् । उनी २५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै आउट भए ।

उनलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गराएका हुन् । उनी आउट हुँदा यूएईले १५।४ ओभरमा एक सय २७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖