• Thursday 8th of October 2026

सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत : डा. काेइराला


  • धनकुटा खबर
  • .

बिराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरेका छन्।

बडादशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातीय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने बताए।

उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भईरहेकोले राजनैतिक दलका नेताहरु संवेदनशील र सचेत हुनुपर्ने बताए। उनले जातीय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे।

नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताए। उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउदै कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनैतिक गतिविधि बढ्ने जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖