• Thursday 8th of October 2026

बझाङमा कण्डम चोर्न स्वास्थ्य केन्द्र तोडफोड, एक जना बालक पक्राउ


  • धनकुटा खबर
  • .

बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ।

बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका-३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ।

तोडफोड गरेको आरोपमा सुर्मा गाउँपालिका वडा नम्बर २ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका छन् । उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोर्न तोडफोड गरेको बताएको प्रहरीले जनाएको छ ।

उनले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत शाहले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖