• Thursday 8th of October 2026

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान रोहित पौडेलको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖