• Thursday 8th of October 2026

‘टाउकोको मोल तोक्ने र बुझाउनेहरू सरकारमा घाँटी जोडेर बस्दा संक्रमणकालीन न्याय टुंग्याउन कसले रोक्यो ?’


  • धनकुटा खबर
  • .

ललितपुर । रास्वपा सभापति रवि लामिछानेले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।

ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्रसंघका महासचिव आउने बेलामा फेरि नेताहरूको भेटघाट बाक्लिएको बताए ।

लामिछानेले भने, ‘अहिले फेरि नेताहरूका भेटघाट हुन थालेका छन् । संक्रमकालीन न्यायनिरुपणको नाममा यिनीहरूले अहिलेसम्म कति बैठक गरे । अहिले राष्ट्रसंघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे । उहिले टाउको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा घाँटी जोडेरै बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ? न्याय निरुपणका नाममा युद्धपीडितलाई थप पीडा दिन पाइँदैन ।’

लामिछानेले सुनौलो भविष्यको सपना देखाएर जनयुद्धमा हजारौं युवालाई शहीद बनाउने माओवादी पार्टीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए । nepalpress

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖