• Tuesday 6th of October 2026

आज दोस्रो खेलमा बंगलादेश र नेदरल्याण्ड्स आमनेसामने, यस्तो छ रेकर्ड


  • धनकुटा खबर
  • .

कोलकाता । एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदैछन्। आजको दोस्रो खेल बंगलादेश र नेदरल्याण्ड्सबिच हुनेछ । यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो २ः१५ बजेदेखि हुनेछ ।

यो विश्वकपमा दुवै टोलीको छैटौं खेल हुनेछ । दुई टोलीबीच अहिलेसम्म जम्मा २ एकदिवसीय खेलिएको छ । एक खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । प्रतियोगितामा भने बंगलादेश विजयी भएको थियो । यस विश्वकपमा बंगलादेशको प्रदर्शन राम्रो हुन सकेको छैन । प्रतियोगितामा बंगलादेशका लागि महमुदुल्लाह रियादले सर्वाधिक १९८ रन बनाएका छन् । बलिङमा कप्तान शकिब अल हसन सबैभन्दा अगाडि छन् । उनले १३ विकेट लिएका छन् ।

प्रतियोगितामा नेदरल्याण्ड्सका लागि सर्वाधिक रन बनाउने कोलिन एकरम्यान रहेका छन् । उनले अर्धशतकसहित १३७ बनाएका छन् । बास डी लिडे बलिङमा सर्वाधिक ९ विकेट लिने खेलाडी हुन्।

इडेन गार्डेनको पिच ब्याटिङ मैत्री छ । यस मैदानमा अहिलेसम्म ३१ एकदिवसीय खेलिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले १८ खेल जितेको छ भने पछ्याउने टोलीले १२ खेल जितेको छ । एक खेलमा भने नतिजा आउन सकेन ।

मौसम पूर्वानुमान
शनिबार कोलकाताको मौसम सफा हुनेछ। आज यहाँको मौसम निकै गर्मी हुने भएको छ । वर्षाको सम्भावना मात्र एक प्रतिशत छ। तापमान २२ देखि ३३ डिग्री सेल्सियससम्म हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖