• Thursday 8th of October 2026

संसदीय दलको नेता परिवर्तन गर्नुपर्नेमा संस्थापनइत्तर पक्ष अडिगः गगनले शेखरलाई समर्थन गर्ने सहमहामन्त्रीको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसमा संसदीय दलको नेता परिवर्तनको वहस निरन्तर चलिरहेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता परिवर्तनको पक्षमा आफूहरु निरन्तर लागिरहने बताउँदै आएका छन् ।

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनपछि संसदीय दलको नेता चयनको निर्वाचनमा महामन्त्री थापाले सभापति देउवासँग पराजय व्यहोरेका थिए । त्यसपछि निरन्तर महामन्त्री थापासहित उनी निकट सांसदहरु सभापति देउवाबाट पार नलाग्ने भन्दै संसदीय दलको नेता परिवर्तनबारे आवाज उठाउँदै आएका छन् ।

कांग्रेस संस्थापन इत्तर पक्षका सांसदहरु संसदीय दलको नेता परिवर्तनको पक्षमा देखिएपनि डा. शेखर कोईराला पनि दाबेदार देखिएका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियाका अनुसार महामन्त्री थापा अबको संसदीय दलको नेता डा.शेखर हुन् भन्नेमा ढुक्क छन् । सहमहामन्त्री परियार संसदीय दलको नेता परिवर्तन गरेर यही गठबन्धनबाट शेखर प्रधानमन्त्री बन्ने बताउँछन् ।

‘महामन्त्री गगन थापा संसदीय दलको नेता लड्दैगर्दा उहाँले स्पष्ट रुपमा के भन्नु भएको छ भने– ‘यदि यो बीचमा चार वर्षभित्र संसदीय दलको नेता परिवर्तन गर्नपर्यो भने पनि डा. शेखर कोईराला हुनुहुन्छ’ भनेर भन्नु भएकै छ । उहाँकै मुखबाट भनेको कुरा हो ।’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग सहमहामन्त्री परियारले भने, ‘त्यसकारण यो बीचमा संसदीय दलको नेताका लागि फेरि पनि चुनाव भयो भने गगन थापाले दाबी गर्नुहुन्छजस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖