• Tuesday 6th of October 2026

यस्तो छ २०२४ को टी-२० विश्वकपको छनोटमा नेपालको खेल तालिका


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। काठमाडौंमा हुने एसिया छनोटमा ८ टिमले भाग लिँदैछन्।
आठ टिम मध्ये शीर्ष दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्। छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ भने खेल मुलपानी र त्रिवि मैदानमा हुनेछन्।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्।
समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइल जित्ने टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालको खेल
नेपाल भर्सेस सिंगापुर – कात्तिक १३- त्रिवि मैदान – विहान ९ बजे
नेपाल भर्सेस मलेसिया – कात्तिक १४ – त्रिवि मैदान – दिउँसो १:१५ बजे
नेपाल भर्सेस ओमान – कात्तिक १६ – त्रिवि मैदान – विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), सेमिफाइनल २ (मुलपानी) – कात्तिक १७ – विहान ११ बजे
फाइनल – कात्तिक १९- त्रिवि मैदान – विहान ११ बजे

नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖