• Thursday 8th of October 2026

गीत सुन्ने विषयमा विवाद हुँदा एक युवकको हत्या


  • धनकुटा खबर
  • .

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापेडा बस्ने २४ वर्षीय रूपेश चमारको हत्या भएको हो। उनको शव सोही वडाको धानखेतमा फेला परेको थियो।

हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बस्ने पवन सहनी र हरिचन मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मृतक र अभियुक्तहरू भारतमा लागूऔषध सेवन गरेर फर्किंदा मृतकको मोबाइलमा गीत सुन्ने विषयमा विवाद हुँदा उनीमाथि कुटपिट गरिएको थियो भने उनी बेहोश भएपछि अभियुक्तहरूले धान खेतमा फोलेर भागेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖