• Thursday 8th of October 2026

अमेरिकामा ४४ वर्षिय तेज बुढाथोकी बेपत्ता, हाईवेमा उनकेा कार भेटियेा तर उनी भेटिएनन्


  • धनकुटा खबर
  • .

अमेरिका-अमेरिकाको ओहायोबाट भुटनिज नेपाली समुदायका ४४ वर्षिय तेज बुढाथोकी बेपत्ता भएका छन ।

एक साता भन्दा बढी समय देखि उनी ओहायोको सिनसिनीबाट बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।

उनी कोलोम्बसमा बस्दै आएको बताईएको छ ।

गएको सोमबार उनले चलाएको कार ओहायोको एउटा हाइवेमा फेला परेको छ ।

तर उनी फेला पर्न नसकेपछि परिवार र आफन्त पीडामा परेका छन् ।

उनको गाडी फेला परेको ठाउ घनाजंगल र जगली जनवारको बासस्थान

रहेकोले खोजीमा समस्या भएको छ ।

प्रहरीले समेत उनको खोजी तिव्र बनाएको छ । उनी के कारणले घर छाडेर हिडे

भन्ने बारेमा भने केही खुल्न सकेको छैन । उनको सकुशल खोजीका लागी आफन्तले आग्रह गरेका छन् ।

बेपत्ता बुढाथोकीका आफन्तका अनुसार उनी झन्डै सात वर्ष अघि बेलडागी झापाबाट अमेरिका आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖