• Tuesday 6th of October 2026

इङ्ल्यान्डविरुद्ध भारतको चौथो विकेट गयो


  • धनकुटा खबर
  • .

विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डविरुद्ध चार विकेट गुमाएको छ।चौथो विकेटको रुपमा भारतले के एल राहुललाई ३९ रनमा गुमाउन पुगेको छ।भारतले चौथो विकेट ३० दशमलब २ ओभरमा १३१ रन हुँदा गुमाएको हो।ताजास्थीतमा भारतले ३५ ओभरमा ४ विकेट गुमाएर १५५ रन बनाएको छ।

अहिले कप्तान रोहित शर्मा र सूर्यकुमार यादव क्रिजमा छन।रोहित ८५ तथा यादव १८रन बनाएर खेलिरहेका छन ।

भारतका विराट कोहली ० रन ,शुभमन गिल ९ रन तथा श्रेयस अय्यर ४ रनमा आउट भए । इग्ल्याण्डका डेविड विली र क्रिस वोक्सले दुई दुई विकेट लिएका छन।

भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमादिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर भारतलाई पहिला व्याटिङ गर्न लगाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖