• Tuesday 6th of October 2026

सिंगापुरविरूद्ध नेपाललाई पहिलो ओभरमै सफलता


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पहिलो ‌ओभरमै विकेट गुमाएको छ।

सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरेका छन्।

छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖