• Tuesday 6th of October 2026

सन्दीपले लिए सिंगापुरको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको दोस्रो विकेट लिएको छ ।

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।

सुरेन्द्रन आउट हुँदा ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖