• Tuesday 6th of October 2026

गुल्सनले आउट गराए ४६ रन बनाएका रोहन रंगराजनलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको तेस्रो विकेट लिएको छ ।

सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖