• Tuesday 6th of October 2026

तेक्वान्दो खेलाडी सुनिता कोरियामा सम्मानित


  • धनकुटा खबर
  • .

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दो खेलाडी दाङकी सुनीता विष्टलाई सम्मान गरेका छन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेका पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा सम्पन्न कार्यक्रममा नेपाली तेक्वान्दो खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । सुनीतालाई करिब एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

आरकेले आफू पनि खेलाडी भएकाले देशका खेलाडीलाई प्रोत्साहित गर्न पाएकामा खुसी व्यक्त गरे ।

तेक्वान्दो खेलाडी सुनीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा तीन सातादेखि प्रशिक्षणरत रहेकी हुन् ।

विश्व तेक्वान्दोको मुख्यालय कुकिवानद्वारा जारी मास्टर ट्रेनिङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण कार्यक्रम अक्टोबर ३१ तारिख सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖