• Thursday 8th of October 2026

शिक्षक सेवा आयोगले गर्‍यो परीक्षा केन्द्र परिवर्तन (सूचना सहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले २०८० साल कार्तिक १८ गते दिउँसो १:०० बजे सञ्चालन हुने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौँ जिल्लाका केही परीक्षा केन्द्रहरू परिवर्तन गरेको छ।

सोमबार एक सूचना जारी गर्दै आयोगले लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएकोले परीक्षा समन्वय समिति काठमाडौँको सिफारिस र आयोगको मिति २०८०।०७।१२ गतेको निर्णयअनुसार परीक्षा केन्द्र संशोधन गरिएको जनाएको हो।

आयोगले जारी गरेको सूचना अनुसार साबिक जनप्रभात मावि कालीमाटी क केन्द्रको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी क केन्द्रमा, जनप्रभात मावि कालीमाटी ख केन्द्रको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ख केन्द्रमा परीक्षा केन्द्र सारिएको छ ।

त्यस्तै नन्दी मावि नक्साल, काठमाडौँको धुम्रवराही मावि धुम्रवराही काठमाडौँमा, रत्नराज्य मावि बानेश्वर क केन्द्रको पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार क केन्द्रमा, रत्नराज्य मावि बानेश्वर ख केन्द्रको पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार ख केन्द्रमा, शान्ति विद्या गृह मावि लैनचौर क केन्द्रको कन्या मन्दिर मावि न्यौखा, क केन्द्रमा र शान्ति विद्या गृह मावि लैनचौर ख केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ख केन्द्रमा कायम गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖