• Tuesday 6th of October 2026

मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड


  • धनकुटा खबर
  • .

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।

गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डी’ओर अवार्डले सम्मान गरियो।

मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्।

विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

अवार्डपछि मेसीले भने, ‘यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ।´ बालोन डी’ओरले वर्षको उत्कृष्ट फुटबलरलाई मान्यता दिन्छ र विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका छन्।

अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्नुका साथै इन्टर मियामीले आफ्नो पहिलो ट्रफी – लिग कप जित्दा मेसीले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले मेजर लिग सकर क्लबका लागि १४ खेलमा ११ गोल गरेका थिए। मेसीले अब अरू कसैको भन्दा तीनवटा बालोन डी’ओर अवार्ड जितेका छन्।

क्रिस्टियानो रोनाल्डोले यो अवार्ड पाँच पटक जितेका छन्। साउदी अरेबियामा अल नासरबाट खेलिरहेका पोर्चुगिज फरवार्ड रोनाल्डो सन् २००३ पछि पहिलो पटक सर्टलिस्टमा परेक‍ा थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖