काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान खेल्दै छन् ।
यी दुई टोलीबीचको खेल इडेन गार्डेन रंगशाला कोलकातामा दिउँसो सवा २ बजे शुरु हुनेछ ।
जारी प्रतियोगितामा पाकिस्तानले आफ्ना ६ मध्ये २ खेलमा जित निकालेको छ भने समान ६ खेल खेलेको बंगलादेशले एक खेलमात्र जितेको छ । यी दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने ध्याउन्नमा छन् ।
यी दुई टोलीबीचका पछिल्ला ५ वटा एक दिवसीय प्रतियोगितामा बंगलादेशले ३ तथा पाकिस्तानले दुई खेलमा जित हासिल गरेको छ ।
