• Tuesday 6th of October 2026

नेपालले बलिङको निम्तो पायो


  • धनकुटा खबर
  • .

काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज हुन गइरहेको खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो।

नेपालले सन् २०२४ को विश्वकप खेल्ने लक्ष्यमा रहेको छ। नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुवात गरिसकेको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖