• Tuesday 6th of October 2026

नेपाललाई टाउको दुखाई बनेका अजिज ६८ रन जोडेर आउट, गुल्सनले दिलाए राहत


  • धनकुटा खबर
  • .

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाका लागि अर्धशतक बनाएका सेयद अजिज आउट भएका छन्। उनले ६८ रन जोडेपछि गुल्सन झाले आउट गरेका हुन्।

मलेसियाले १४।४ ओभरमा ५ विकेट गुमाएर एक सय २५ रन जोडेको छ। अघिल्लो ओभरमा कप्तान रोहितले विकेट लिएका थिए।

कप्तान पौडेलले १४ औँ ओभरमा १५ रन खर्चिएपछि सार्भिन मुनाइन्दीलाई आउट गरे। नेपालका सन्दीप लामिछाने र अविनाश बोहराले पनि एक एक विकेट लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖