• Tuesday 6th of October 2026

कति धनी छन् सलमान र रोनाल्डो?


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता सलमान खान र फुटबलर क्रिस्टियानो रोनाल्डो चर्चामा छन्।

केही दिनअघि सलमान र रोनाल्डो बक्सिङ म्याचमा सँगै देखिएका थिए। सोही क्रममा उनीहरूको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सानो भिडिओ क्लिपलाई काँटछाँट गर्दै रोनाल्डोले सलमानलाई बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल भएको छ।

भिडिओ अनुसार एउटै कुर्सीमा सँगै बस्दा पनि उनीहरूबीच केही कुराकानी भएको थिएन। रोनाल्डोले श्रीमती जार्जियानाको हात समातेर बक्सिङ भिडबाट बाहिरिँदै थिए। भिडमा सलमान पनि उभिरहेका हुन्छन्, जहाँ रोनाल्डोले सलमानसँगै उभिरहेका एक अरबी व्यक्तिसँग बोल्छन्। तर सलमानलाई हेर्दापनि हेर्दैनन्।

जसको कारण रोनाल्डोलाई सलमानको फ्यानले माफी समेत माग्नुपर्ने बताएका छन्। अर्को भिडिओमा रोनाल्डो र सलमान हास्दै कुराकानी गरेको तस्बिर पनि बाहिरियो। यसपछि सलमानका फ्यानहरूले रोनाल्डोलाई सकारात्मक टिप्पणी गर्न थालेका छन्।

यसरी चर्चामा आएका सलमान र रोनाल्डोबीच कोभन्दा को कम भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन्। सलमान भन्दा रोनाल्डोमा कसको सम्पत्ति धेरै छ भन्दै मिडियाहरूले दाँजिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको सम्पत्ति ३५० मिलियन डलर अर्थात २९०० करोड भारू छ। भने सन् २०२२ मा आएको फोर्ब्सको रिपोर्ट अनुसार रोनाल्डोको सम्पत्ति ८४९ मिलियन डलर अर्थात ७ हजार करोड भारूबढी छ। रोनाल्डोको सम्पत्ति सलमानको भन्दा ४१०० करोड भारूबढी छ।

पछिल्लो समय अभिनेता सलमान खान आफ्नो फिल्म ‘टाइगर ३’ को प्रचारपसारमा व्यस्त छन्। यो फिल्ममा उनी अभिनेत्री कट्रिना कैफसँग देखिँदैछन्। साथै उनी भारतीय रियालिटी शो ‘बिग बोस’ का कार्यक्रम प्रस्तोता पनि हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖