• Thursday 8th of October 2026

तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ वर्षीया सविना यादव घाइते छिन्।

उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖