• Thursday 8th of October 2026

गोठाटार गोलीकाण्ड : झापा घर भएका हर्क लिम्बु पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापा घर भएका हर्क लिम्बुलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिम घाइते भएका छन् । करिमको साथबाट एकथान पेस्तोल र दुई सय ग्राम लागुऔषध बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।

लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । करिमको अहिले गोठाटार स्थित स्थानिय अस्पतालमा उपचार भइरहेको छ । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖