• Thursday 8th of October 2026

प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग


  • धनकुटा खबर
  • .

काठमाडौं— बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

कलैया भरतचोक नजिकै सोमबार दिउँसो रूपेशको गोली हानी हत्या भएको थियो । बारा प्रहरीका अनुसार उनको हत्या घटनामा ८ जनाको प्रत्यक्ष संलग्नता छ । बाँकी पक्राउ परेका छैनन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२ का राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह छन् ।

मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने फरार छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले अनुसार रूपेशको हत्या प्रकरण रिसइबीका कारण हुन पुगेको हो ।

उनलाई गोली हान्ने व्यक्ति पेसेवर सुटर रहेको पनि प्रहरीले जनाएको छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖