• Tuesday 6th of October 2026

करण केसीले लिए पहिलो ओभरमै ओमानको विकेट


  • धनकुटा खबर
  • .

टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

नेपालले ‍ओमानविरूद्ध पहिलो ओभरमै विकेट लिएको छ। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका छन्।

समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
टी-२० मा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। तीमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ। चारै खेल ओमानमा भएको थियो।

समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ।

एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖