• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

संसद्को बजेट अधिवेशन मध्यरातदेखि अन्त्य गर्ने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

सरकारले संसद्को बजेट अधिवेशन बिहीवार मध्यरातिदेखि अनत्य गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बिहान बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले लोकान्तरलाई जानकारी दिए । प्रतिनिधिसभाको बिहीवार नै बस्ने बैठकमा दलका नेताहरूले अधिवेशन समापन मन्तव्य राख्ने भएका छन् । बर्खे अधिवेशनको रुपले चिनिने संसद्को बजेट अधिवेशन गत बैशाख २४ गते शुरू भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖