• Sunday 4th of October 2026

विमानस्थल भन्सारका ३५ अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३५ अधिकृतसहित १३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबारउनीहरुले एकैसाथ सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरे ।

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिकरूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ ।

आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖