• Thursday 8th of October 2026

‘तास खेलेको हैन हेरेको मात्र थिए’: इकु


  • धनकुटा खबर
  • .

कार्तिक, काठमाडौँ । गएको शनिबार प्रहरीले जुवातास खेलेको आरोपमा केहि कलाकार सहित ९ जनालाई पक्राउ गरेको थियो । साथै हिजो (बुधबार) साँझ ६ बजे उनीहरुलाई प्रहरीले फेरी हाजिरी हुनेगरी छाडिसकेको छ ।

यसैबिच पक्राउ परेका कलाकार सुलेमान शंकर (ईकु)ले आफूले नखाएको बिस लागेको बताएका छन् । उनले आफूले तास नखेलेको र एकछिन हेर्दा पनि प्रहरीको फन्दामा परिएको भन्दै फेसबुकमा लेखेका छन् ।

उनले म्युजिक भिडियोको कुरा गर्नका लागी कोरियोग्राफर गम्भिर बिष्टको स्टुडियोमा पुग्दा त्यहाँ केहि साथीहरु तास खेलिरहेको र एकछिन हेर्दा आफूलाई पनि प्रहरीले लगेको जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, ‘दशैमा दशा भनेझै (मोटाउॅछु) गीत पछि अर्को गीतको भिडियोको सल्ला गर्न के गएको थिए, अरुले खेलेको हेदा॔ नि दोषलाग्दो रहे छ वा…, नखाएको बिष लाग्यो, चाडपर्व मा परिवारमै खुशी भई रमाउ साथी भाई हो ।’

ईकुले केहि समयअघि मात्रै मोटाउँछु बोलको गीत सार्वजनिक गरेका थिए । साथै अर्को गीतको तयारीका लागी छलफलमा गएको बेला झमेलामा परेका भन्दा अन्य कसैलाई यस्तो जुवातास खेल्न र नहेर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖