• Tuesday 6th of October 2026

भारत र श्रीलंकाविचको खेल सुरु,पहिलो ओभरमै भारतका कप्तान आउट भए


  • धनकुटा खबर
  • .

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले आयोजक भारत र श्रीलंकाबिच खेल भईरहेको छ।

भारतको मुंबईमा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा श्रीलंकाले टस जितर भारतलाई पहिला व्याटिङ गर्ने निम्तो दिएको छ।पहिलो ओभरको दोस्रो बलमा भारतका कप्तान रोहित शर्मा आउट भएका छन । उनी २ बलको सामना गर्दै १ चौका प्रहार गरेर श्रीलंकाका बलर दिलशान मदुशंकाबाट बोल्ड आउट भए। ताजास्थीतीमा भारतले ४ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

जारी खेलमा दुवैको यो सातौ खेल हो । आयोजक भारत यस अघिका सबै खेल जितेर १२ अंकका साथ तालिकाको दोस्रो नम्बर रहेको छ भने श्रीलंका यसअघिका ६ खेलमा २ खेल जितेर ४ अंकका साथ तालिकाको सातौ नम्बरमा रहेको छ।

भारत अपराजित यात्रा कायमै राख्न चाहन्छ भने श्रीलंका आयोजक भारतलाई हराएर सेमिफाइनल पु्ग्ने आसा कायमै राख्न चाहन्छ।यी दुई विच एक दिवसाय खेलमा अहिलेसम्म १६७ खेल भएका छन । भारतले ९८ पटक जित्दा श्रीलंकाले भारतलाई ५७ पटक हराएको छ । १ पटक बराबरी हुँदा ११ पटक खेलको निर्णय हुन सकेको थिएन । विश्वकप क्रिकेटमा भारत र श्रीलंकाबिच ९ पटक खेल भएको छ । दुवैले चार चार पटक खेल जितेका छन भने एक खेल स्थगीत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖