• Tuesday 6th of October 2026

यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने, घरमै बसेर खेल हेर्न आग्रह


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटकाे सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएको छ ।

काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा भोलि शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ । यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।

नेपाल र यूएईबीचकाे खेल भाेलि बिहान ११ बजे शुरु हुनेछ । याे खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖