• Friday 9th of October 2026

झापा विद्रोहका योद्धा वाग्लेको निधन


  • धनकुटा खबर
  • .

झापा । २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ ।

कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्ले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖