• Tuesday 6th of October 2026

नेपाल र यूएईबीचको सेमिफाइनलका सबै टिकट सोल्ड आउट, फ्यानहरू बिहानैबाट मैदानमा


  • धनकुटा खबर
  • .

काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ ।

जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल र यूएईबीचको सेमिफाइनलका सबै टिकट सोल्ड आउट भइसकेको छ ।

३५०० मात्र टिकट बिक्री गरेको नेपाल क्रिकेट संघ (क्यान)ले सबै टिकट सोल्ड आउट भइसकेको बताएको छ । खेल हेर्न विहानैदेखि दर्शकहरु मुलपानी पुगिसकेका छन् । सबै टिकट बिक्री भइसकेकाले दर्शकहरुलाई सकभर घरबाटै म्याच हेर्न क्यानले आग्रह गरेको छ ।

नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।

नेपालले जारी छनोट प्रतियोगिताअघि हङकङ र यूएईसँग घरेलु मैदानमै त्रिकोणात्मक शृंखला खेलेको थियो । लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो । छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖