• Tuesday 6th of October 2026

आजको खेल जित्नेमा नेपाल ढुक्क, यस्तो छ हेड टु हेड


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल र युएईबीच टि२० आईमा कुल ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले २०१९ मा उसकै घरेलु मैदानमा तीन टि२० आई खेलको सिरिज २–१ ले जितेको थियो । उक्त सिरिजमा नेपालले पहिलो खेल २१ रनले हारेपनि दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले विजयी भएको थियो । नेपालले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय टि२० आई सिरिज थियो ।

गतवर्ष आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि चार देश सम्मिलित सिरिजमा नेपाल युएईसँग २५ रनले हारेको थियो । विश्वकपमा पुग्न निर्णायक सेमिफाइनल खेलमा नेपालले युएईसँग ६८ रनको हार व्यहोरेको थियो ।

नेपालले अघिल्लो साता त्रिकोणात्मक टि२० आई सिरिजमा माथिल्लो मुलपानी मैदानमा युएईलाई ५ विकेट र ७ विकेटले हराएको थियो । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल युएईसँग ४ विकेटले हारेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖