• Tuesday 6th of October 2026

युएई विरुद्ध ऐरी खेल्ने सम्भावना ह्वात्तै बढ्यो !


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना उच्च देखिएको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरसँग खेल्नुअघि घाइते भएका नेपाली टिमका अलराउन्डर ऐरीले सेमिफाइनल खेल्ने सम्भावना उच्च देखिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतबाट प्राप्त जानकारी अनुसार ऐरीले सेमिफाइनल खेल्ने सम्भावना उच्च छ। साथै प्रशिक्षक मोन्टी देसाई पनि दीपेन्द्रलाई सेमिफाइनलमा फर्काउनेमा सकारात्मक छन्। उनले ओमानसंगको खेल पश्चात विज्ञहरुले ऐरीको विषयमा निर्णय गर्ने बताएका थिए।

यसै बीच प्रतियोगिताको डाक्टर अभिषेकराज सिंहले पनि दीपेन्द्रलाई शुक्रबार हुने खेलका लागि फर्काउने प्रयास भइरहेको बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा उनले यस्तो बताएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖